24/7 Customer Support

रोचक संसार

प्रस्तुत सामाग्रीहरु को बिस्त्रित बिवरणहरु भिडियो मार्फत प्रस्तुत गरेका छौ , पढेर , हेरेर प्रतिकृया दिनुहोला .

जङ्ग बहादुर को १० रोचक कुरा || यसरी सुरु भएको थियो राणा शासन #जङ्गबराणा१

जङ्गबहादुर राणा नेपालको ८औँ प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। वि.सं. १९०३ सालमा भएको कोतपर्व र भण्डारखाल पर्वपछि जङ्गबहादुर नेपालको राजनीति र शासन व्यवस्थामा एक्कासी शक्तिशाली हुन सफल भएका थिए। नेपालको शासनव्यवस्थामा राजा राजेन्द्र शक्तिशाली भएर पदासिन रहेको समयमा जङ्गबहादुरले राजदरबार भित्र आन्तरिक विद्रोह गरेर युवराज सुरेन्द्रलाई गद्दी आरोहण गराइ दामोदर पाँडे, भीमसेन थापा, रणजङ पाँडे र माथवरसिंह थापाको नीति सकारेर आफूलाई अत्यधिक शक्तिशाली बनाएका थिए।

वि.सं. १९१३ श्रावण १८ मा जङ्गबहादुरले मुख्तियार पदबाट राजिनामा दिएर श्रावन २४ गते राजा सुरेन्द्रबाट कास्की र लमजुङको श्री ३ महाराज पद प्राप्त गरेका थिए। महाराज पद प्राप्त गरिसकेपछि नै उनलाई श्री ३ जङ्गबहादुर कुँवर राणाजी भन्न थालिएको हो। श्री ३ महाराजको लागि श्रीपेच बनाउन लगाई जनताको छोराद्वारा श्रीपेच लगाउने जङ्गबहादुर पहिलो व्यक्ति थिए ।

नेपालले अङ्ग्रेजसँगको युद्धमा गुमाएको भूभागमध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी राप्तीदेखि महाकालीसम्मको भूभाग जसमा वर्तमानको तराईमा पर्ने बाँके, बर्दिया, कैलाली तथा कञ्चनपुर पुनः नेपालमा गाभ्न सफल भएका थिए | वर्तमान समयमा यस भूभागलाई नयाँ मुलुकको नामले समेत चिनिन्छ। नेपालमा राणा शासनको जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने व्यक्ति यिनै हुन्। बेलायती शासकहरूका प्रिय रहेका जङ्गबहादुरले आफ्नो शासनकालको समयमा दरबारिया कट्टर विरोधीहरूलाई तह लगाएर एकतन्त्री शासन चलाएका थिए। बेलायत र फ्रान्सको भ्रमणबाट फर्केपछि उनले नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभावको छाप छोडेका थिए।

Share:

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn
Rajan Aryal

Rajan Aryal

This is my personal site.I have been providing Professional Custom Website Development, Web Hosting, Domain Registration.

Read My Blog

Leave a Replay

About Us

हाम्रो Youtube Channel Subscribe गर्नुहोला |

Awesome U R

Follow Us

Find Us

error: Content is protected !!