24/7 Customer Support

रोचक संसार

प्रस्तुत सामाग्रीहरु को बिस्त्रित बिवरणहरु भिडियो मार्फत प्रस्तुत गरेका छौ , पढेर , हेरेर प्रतिकृया दिनुहोला .

Amazing Facts About Thailand Nepali

छानी छानी पाइने मोज मस्तिको देश || सेतो हात्तिको देश थाइल्यान्ड Amazing Facts About Thailand Nepali

हामी सपैलाई थाहा नै छ , buddha was born in nepal , तर धेरै लाई थाहा नहुन सक्छ , नेपालमा भन्दा धेरै प्रतिशत बुद्धिस्टहरु त थाइल्यान्ड मा नै रहेको छ | हो आज हामिले सेतो हात्तिको देश भनेर चिनिने थाइल्यान्डको बारेमा निकै रोचक video लिएर आएका छौ |
 
थाइल्यान्ड नेपालीहरुको लागि नौलो नाम भने पक्कै हैन , धेरैले विश्व चर्चित थाई मसाज गर्न जाने ठाउँ भनेर पनि चिन्छन कतिले छानी छानी कलिला देशी बिदेशी नानीहरु पाउने ठाउँ भनेर पनि बुझ्छन , ओ हो हो
 
पारस शाह नेपालमा राजपरिवारको परम्परा अन्त्य भएपछी लामो समय थाइल्यान्ड मा नै बसेका थिए | चाहे पारस शाहले हल्लिखल्ली मचाउदा होस या प्रीयंका कार्की ले ब्याचलर पार्टी दिदा , थाइल्यान्डको नाम नेपाली ले सुनि नै रहे | दूरीका हिसाबले नजिकको पर्यटकीय गन्तव्य हो, थाइल्यान्ड ।
 
अधिकांश नेेपाली पताया, फुकेट तथा बैंकक जाने गरेका छन् । मध्यमवर्गले समेत ‘अफोर्ड’ गर्न सक्नेगरी विभिन्न ट्राभल्स कम्पनीले थाइल्यान्डको टुर प्याकेज सञ्चालन गर्ने भएकाले धेरै नेपाली थाइल्यान्ड पुगि सकेका छन | रात्रिजीवनको रोमाञ्चक अनुभव संगाल्न होस् वा समुद्री छालमा रमाउन, थाइल्यान्ड पुग्नैपर्छ ।
 
थाइल्यान्ड घुम्न जाने योजनामा हुनुहुन्छ भने तपाईले थाइल्यान्डको बारेमा केही जानकारी पक्कै लिएर जानुहोला । अब सुरु गरु आखिर थाइल्यान्ड कहाँ छ त भन्ने कुरा बाट तेसपछी भने thumbnail मा देखिएको topic मा कुरा गरौला | Lets start the amazing fact about thailand in Nepali.
 
Fact no 1 .
थाइल्यान्ड दक्षिण पूर्वी एसियाली देश हो। यसको पूर्वी सीमामा लाओस् र कम्बोडिया छन्। नेपालीहरूको श्रम गन्तव्य मलेसियासँग यसको दक्षिणी सीमा जोडिएको छ भने पश्चिममा म्यानमार छ।
 
Fact no 2 .
सेतो हात्तीको देश भनेर चिनिने देश थाइल्यान्ड हात्तीको सुंड जस्तो देखिन्छ |
 
Fact no 3 .
अब कुरा गरु thumbnail को topic मा, Thailand अर्थात मोज मस्तिको देश जहाँ red light area मा छ्याप्छ्याप्ती देशी बिदेशी केटिहरु पाइन्छ | थाइल्यान्डमा देह व्यापारको इतिहास दशकौं पुरानो भइसकेको छ । संसारकै एक प्रमुख यौन पर्यटन गन्तव्यका रुपमा परिचित थाइल्यान्ड मा यौन आनन्द लिनकै लागि एसिया तथा युरोपका धेरै देशबाट पर्यटकहरु आउछन | नेपालबाट समेत थाइल्यान्ड तेसैको लागि जानेको संख्या धेरै छ | आफैंले जन्माएर हुर्काएको छोरी यौन-व्यवसायमा लागेको थाहा पाउँदा हाम्रो समाजका बाबुआमालाई पाच्य हुँदैन । तर एसियाली मुलुक थाइल्यान्डमा यस्तो घटनालाई सामान्य मानिन्छ । कतिपय बाबुआमा यस्ता पनि छन् जो आफ्नै छोरीलाई यौन-व्यवसायमा लाग्न प्रेरित गर्छन् ।
 
Fact no 4 .
नेपाल भन्दा धेरै प्रतिशत बुद्धिस्ट थाइल्यान्ड मा रहेको छ | थाइल्यान्डमा झन्डै ९० प्रतिशत जनता बुद्धधर्म मान्छन् । ५% इस्लाम मान्ने र बाकी अन्य धर्म मान्य छन | तर दुर्भाग्य यिनै अधिकांश थाईलाई बुद्ध जन्मेको देश नेपाल हो भन्ने जानकारी नै छैन । थाहा पाएका हरु जिवनमा एक पटक लुम्बिनी पुग्नै पर्ने सोच्छन र धेरै नेपाल आउछन पनि | रामाकिन यहाँको महाग्रन्थ हो र यो रामायणको थाइ भर्जन हो । साथै यहाको रास्ट्रिय चिन्ह गरुड हो |
 
Fact no 5 .
थाइल्यान्ड देशलाई पहिला सियाम देशको नामले चिनिन्थ्यो । सन १९३९ मा थाइल्यान्ड नाम राखिएको थियो , पछि १९४६ देखि १९४८ मा फेरि siam नाम राखिए पनि पछि देखि हाल सम्म यो देशको नाम Thailand नै रहेको छ | थाइल्यान्डको अर्थ स्वतन्त्र ल्यान्ड हो । यो देशमा कहिल्यै पनि कसैले कब्जा गर्न सकेनन् ।
 
Fact no 6 .
यो देशमा संबैधानिक राजतंत्र छ र यहाँका मानिस राजारानीलाई भगवान सरह मान्छन् । सबैभन्दा लामो समय राजगद्दीमा रहने कीर्तिमानी राजा को नाम पनि थाइल्यान्ड कै राजाको नाममा रहेको छ | २०१६ मा निधन भएका राजा भूमिबोल अदुल्यादेज निकै चर्चित राजा हुन , भन्डै सात दशक सत्ताको बागडोर सम्हालेका भूमिबोल विश्वकै सबैभन्दा लामो समय राजगद्दीमा रहने कीर्तिमानी राजा हुन् ।
 
Fact no 7 .
दक्षिणपूर्वी एसियामा इन्डोनेसिया भन्दा पछि दोस्रो ठूलो अर्थतन्त्र भएको थाइल्यान्ड देश सिंगापुर, ब्रुनाइ र मलेसियापछि चौथो धनी देश हो थाइल्यान्ड । यो देशले ग्याँस, पेट्रोल, डिजेल लयात सम्पूर्ण खाद्य सामग्रीहरू आफ्नै देशमा उत्पादन गर्ने गर्दछ। थाइल्यान्डको जनसंख्याको ४९% जनसंख्या कृषिक्षेत्रमा क्रियाशील छ । थाइल्यान्ड चामल उत्पादन र निर्यातका हिसाबले विश्वकै ठूलो देश हो ।
 
Fact no 8 .
विश्वको ५० औ ठूलो देश थाइल्यान्ड को कुल क्षेत्रफल ५,१३,१२० बर्ग किमि रहेको छ | साथै यो जन संख्या को आधारमा २२ औ ठुलो देश हो | ७६ प्रदेश भएको थाइल्यान्डको राजधनी बैङ्कक हो ।
 
Fact no 9 .
थाइल्यान्ड को रास्ट्रिय भाषा Thai हो भने यहाको मुद्रालाई thai bhat भनिन्छ |
 
Fact no 10 .
नेपालको domain .np भए जस्तै थाइल्यान्ड को domain मा .th प्रयोग गरिन्छ भने telephone country code +66 हो |
 
Fact no 11 .
विश्वकै सबैभन्दा अग्लो बौद्ध स्मारकले यो ठाउँलाई चर्चित बनाएको छ। बैंककको पश्चिमी क्षेत्रमा अवस्थित नखोन पथोम थाइल्यान्डकै पुरानो सहर हो। यहाँको आकर्षणको केन्द्र हो-फ्रा पथोम चेडी बौद्ध स्मारक।
 
Fact no 12 .
बैंककबाट करिब ७ सय किलोमिटर दुरिमा रहेको चियांग माई , थाइल्यान्डको सबैभन्दा ठूलो दोस्रो सहर हो यो। पुरानो समयको झझल्को दिने यो सहरमा ३ हजारभन्दा बढी मन्दिर छन्।
 
Fact no 13 .
अब कुरा गरौ , फुकेटको फुकेट नेपालीहरूको बाक्लो बसोबास भएको ठाउँ हो-फुकेट। यहाँ दसैं, तिहार, तीज आदि चाडपर्व पनि धुमधामका साथ मनाइन्छ। चिनियाँ र पोर्चुगली सभ्यताको अनौठो संगम रहेको फुकेट थाइल्यान्डकै सबैभन्दा ठूलो द्वीप पनि हो। यो ठाउँलाई पर्यटनलाई लक्षित गरेर सजाइएको छ।
 
Fact no 14 .
विश्वमा पाइने जनावरमध्ये १० प्रतिशत जनावरको प्रजाती यो देशमा पाइन्छ । विश्वको सबैभन्दा लामो सर्प पाइथनको प्रजाति यहाँ देख्न पाइन्छ । सबैभन्दा सानो चमेरो bumblebee bat थाइल्यान्ड मा पाइन्छ |
 
Fact no 15 .
थाइल्यान्डको राजधानी बैककोको अर्को आकर्षण हो, मरिन पार्क र सफारी वल्र्ड। डल्फिनको जादु हेर्न मरिन पार्क र वन्यजन्तु अवलोकनका लागि सफारी वल्र्ड पुग्नैपर्छ। मरिन पार्कमा प्रशिक्षित डल्फिनले प्रस्तुत गर्ने कला हेर्न पर्यटकहरूको घुइँचो लाग्छ। सफारी वल्र्ड विश्वकै ठूलो खुला चिडियाघर हो जहाँ एसिया र अफ्रिकाका लगभग सबै वन्यजन्तु अवलोकन गर्न सकिन्छ।
 
Fact no 16 .
पट्टया को ‘रिप्लेज बिलिव इट वोर नट’ संग्रहालय घुम्नै पर्ने ठाउँ हो , छ। यहाँका इन्फिनिटी मेज, भूतको सुरुङ र फोर डी मोसन थिएटर पनि निकै चर्चित छन्, जहाँ रोमाञ्चक अनुभव संगाल्न सकिन्छ। पट्टायकै कोरल आइल्यान्डमा प्यारासेलिङ र वाटर स्पोर्ट्सको मज्जा लिन पाइन्छ। यसैगरी काँचको तला भएको नौका विहार गर्न पाउनु पनि यहाँको थप आकर्षण हो। यद्यपि उक्त स्थानमा जानुअघि त्यहाँको ड्रेस कोड पालना गर्नुपर्छ।
 
Fact no 17 .
१३ अप्रिलदेखि१५ अप्रिलसम्म थाइल्यान्डमा बुद्धिस्ट नयाँ वर्षका रुपमा चिनिने सङक्रानमा बुद्धको मूर्तीमा पानी खनाएर मनाइने गरिन्छ | याे पर्व हाम्राे समाजमा हाेली खेलेजस्तै गरि मनाइन्छ तर रङ प्रयाे नगरी पाउडरमा पानी र बरफ हालेर एकअर्कालाई छेपिन्छ ।
 
Fact no 18 .
यहाँका मानिसहरु निधारलाई सबैभन्दा पबित्र अंग मान्छन् । यो देशमा अंडरवेयर नलगाइ घरबाट बाहिर निस्कनु गैरकानुनी छ । अन्त्यमा थाइल्यान्डको बारेमा केही जानकारी पक्कै पाउनु भयो होला , अब कुन देशको बारेमा जान्न चाहनु हुन्छ , कृपया कमेन्ट गर्नुहोला |

Share:

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn
Rajan Aryal

Rajan Aryal

This is my personal site.I have been providing Professional Custom Website Development, Web Hosting, Domain Registration.

Read My Blog

Leave a Replay

About Us

हाम्रो Youtube Channel Subscribe गर्नुहोला |

Awesome U R

Follow Us

Find Us

error: Content is protected !!