24/7 Customer Support

रोचक संसार

प्रस्तुत सामाग्रीहरु को बिस्त्रित बिवरणहरु भिडियो मार्फत प्रस्तुत गरेका छौ , पढेर , हेरेर प्रतिकृया दिनुहोला .

कतार अति धनि देश || बर्गरभन्दा पेट्रोल सस्तो मिनिस्कट लाउनै नपाउने देश Amazing facts Qatar in Nepali

तपाईंले विश्वका धेरै धनी देशहरूको बारेमा सुनेको हुनुपर्छ। आज हामी कतारको बारेमा कुरा गर्ने छौं |

ठूलो संख्यामा नेपालीहरू कतारमा वैदेशिक कामदारका रूपमा कार्यरत रहेका छन | कतारको कुल जनसंख्या मध्ये 15% मात्र कतारका स्थानीय हुन् , बाँकीहरू संसारका विभिन्न देशका हुन् ।

कतार संसारको एउटा सानो प्रायद्वीप देश हो जुन धेरै धनी देश हो | तेल र प्राकृतिक ग्यास भण्डारबाट उत्पन्न राजस्व कारण नै कतारले उल्लेखनीय आर्थिक बृद्धि गरेको छ। कतार विश्व मा प्रति व्यक्ति आयको हिसाबले विश्वको पहिलो नम्बर हो । तेस्तै तेल उत्पादनको हिसाबले विश्वको दोस्रो सबैभन्दा धनी देश हो। कतारमा कुनै प्राकृतिक वन छैन। देशको सुक्खा मौसमले रूखको विकासलाई समर्थन गर्दैन । यहाँ सीमित संख्यामा बोटहरु रहेका छन | कतारमा खेती योग्य जमिन अत्याधिक कम छ , यसैले यहाँ भेज खानाको मूल्य पेट्रोलको तुलनामा धेरै गुणा बढी छ | कतारको म्याक डोनाल्डको बर्गर भन्दा पेट्रोल सस्तो छ ।

कतारले फिफा वर्ल्ड कप २०२२ आयोजना गर्दै छ | FIFA आयोजना गर्ने कतार सम्पूर्ण अरबमा पहिलो देश बन्दै छ | जनसंख्याको 1.5 प्रतिशत यहाँका मानीस 64 बर्ष भन्दा माथिको छन | अन्य देशबाट आएका कामदारहरूको कारणले गर्दा, यहाँ महिलाहरूको संख्या भन्दा धेरै युवा संख्या रहेको छ । कतार संसारको सब भन्दा धनी देश मात्र होइन , संसारको सब भन्दा ठूलो एयरलाइन्स कम्पनी इमिरेट्स एयरलाइन्स पनि कतारमा रहेको छ |

आजको भिडियो मा कतार देशको बारेमा केहि रोचक र अचम्मको जानकारी बताउने छौ | भिडियो पुरा हेरी च्यानल subscribe गरिदिनु होला |

  • कतार पश्चिमी एशियामा अवस्थित एक देश हो । दोहा यसको राजधानी र सबैभन्दा ठूलो शहर हो । कतारको आधिकारिक भाषा अरबीक हो र यहाँ अङ्रेजी भाषा पनि बोलिन्छ ।
  • कतारको आधिकारिक मुद्रा रियाल हो ।
  • Qatar मा साक्षरता दर 97.3 % रहेको छ |
  • थाउब कतारी पुरुषहरूले लगाउने परम्परागत पोशाक हो । कतारी महिलाहरूले लामो कालो कपडा लगाउँछिन् जसलाई अबया भनेर चिनिन्छ ।
  • कतारमा कुनै पनि केटीले घूँडी माथि लुगा लगाउन paaudainan , त्यसो गर्नु कानूनको बिरूद्ध हो । Qatar घुम्न आउने पुरुष पर्येतकलाई भेस्ट र हाफ कट्टु लगाउन मनाही छ | तेस्ताइ महिला पर्यटकलाई वान पिस तथा Mini – Skirt लगाउन पैदाइन , कतारमा Topless भएर घुम्न पाईदैन |
  • कतार रात्री जीवन मन पराउने को लागि राम्रो गन्तब्य हो ,Live Music, पार्टीहरू र बारहरू खोज्दै आएका पर्यटकहरूको लागि कतारको राजधानी दोहा उपयुक्त स्थान हो |
  • कतार ईस्लामिक देश हो | यहाँ ७५ % मानीस मुस्लिम छन |
  • कतारका महिलालाई पनि पूर्ण स्वतन्त्रता छैन, यहाँ महिलाले परम्परागत पहिरनमा बस्नुपर्दछ |
  • यहाँ महिलासँग ड्राइभ गर्ने स्वतन्त्रता छ तर बाँकी मामिला मा भने साउदी अरव जस्तै कडा कानुन रहेको छ |
  • कतारमा विद्युत, पानी र र केही चिकित्सा सुविधाहरू नागरिकहरूका लागि बिल्कुल निःशुल्क छन् ।
  • कतारमा मदिरा सेवन गर्न प्रतिबन्ध लगाइएको छ, यद्यपि केहि होटलहरुमा रक्सी किन्न र बेच्न अनुमति छ ।
  • कतारमा income-tax लिईदैन साथै अन्य Tax को रकम पनि एकदम कम रहेको छ |
  • परम्परागत कतारी खाना भारतीय र ईरानी खानाबाट प्रभावित छ । कतार विशेष व्यंजनहरु मा घुजी, मोटाबेल, बिरियानी, Taboulleh, र Hummus शामेल छन । ( Machbous ) माचबस कतारको एक महत्त्वपूर्ण परम्परागत पकवान हो । यस्मा मासु र भात अथवा seafood र भात रहेको हुन्छ |
  • कतारवासीहरूले ह्यान्डबल, ड्र्याग रेसिङ्ग , गोल्फ, पावरबोट रेसिङ्ग , ऊँट दौड जस्ता धेरै खेलहरू खेलेर रमाइलो गर्दछन |
  • कतारमा Mall of Qatar , Villagio Mall , Doha Festival City , Gulf Mall , Ezdan Mall जस्ता ठुला शपिङ मल हरु रहेका छन | तेस्ताइ कतारमा Doha Tower , World Trade Center Doha , Palm Towers 1 and 2 र Aspire Tower जस्ता अग्ला अग्ला बिल्डिङ रहेका छन |
  • कतारले फिफा वर्ल्ड कप २०२२ आयोजना गर्दै छ | FIFA आयोजना गर्ने कतार सम्पूर्ण अरबमा पहिलो देश बन्दै छ
  • कतारमा सबै धर्मका मानिसहरुलाई सराहना गरिन्छ र यदि यहाँ कुनै धर्मको निन्दा गरिएको छ भने उनीहरुलाई 7 बर्षको जेल सजाय सुनाईन्छ ।
  • कतारमा Al Khor Airport , Hamad International Airport , Doha International Airport रहेको छ | कतारको हामद अन्तर्राष्ट्रिय विमानस्थल विश्वको नवौं thulo स्थान हो । प्रत्येक बर्ष लगभग 50 मिलियन यात्रुहरू यस एयरपोर्टबाट यात्राा गर्छन् | हमद अन्तर्राष्ट्रिय एयरपोर्टमा एउटा विशाल पहेंलो टेडी Bear रहेको छ | यसलाई Lamp Bear भनिन्छ र यसको डिजाइन एक स्विस आर्टिस्ट द्वारा गरिएको थियो । तेस्ताइ कतार एयरवेजले पाँचौं पटक सर्वश्रेष्ठ एयरलाइन्सको सम्मान जिती सकेको छ |

Share:

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn
Rajan Aryal

Rajan Aryal

This is my personal site.I have been providing Professional Custom Website Development, Web Hosting, Domain Registration.

Read My Blog

Leave a Replay

About Us

हाम्रो Youtube Channel Subscribe गर्नुहोला |

Awesome U R

Follow Us

Find Us

error: Content is protected !!