24/7 Customer Support

रोचक संसार

प्रस्तुत सामाग्रीहरु को बिस्त्रित बिवरणहरु भिडियो मार्फत प्रस्तुत गरेका छौ , पढेर , हेरेर प्रतिकृया दिनुहोला .

🇳🇵 क्रुर शासक जंग बहादुरको बेलायती प्रेमिका लाउरा बेल | श्रीमतिको नालिबेली र मृत्यु | Janga Bd Rana

लाउरा बेल सन् १८२९ देखि १८९४ सम्म बाँचेकी बेलायतकी एक सुन्दरी हुन् । यिनी शुरुमा डब्लिनका घरानियाहरुको लागि वेश्यावृत्ति गर्ने गर्दथिन् । पछि लन्डनमा गई हाइड पार्क वरिपरि दुईवटा सेता घोडाले तान्ने बग्गी चलाउन थालिन् र धनाढ्यहरुलाई मनोरञ्जन दिन थालिन् । जब उनी २१ वर्षकी थिइन् तब नेपालका राणा प्रधानमन्त्री बेलायत भ्रमणमा आउँदा उनीसँग प्रेममा फसे । भनिन्छ जम्मा १९ दिनको लन्डन र तीन महिनाको बेलायत बसाईमा उनका लागि मात्र जंग बहादुरले २ लाख ५० हजार पाउण्ड खर्च गरे ।
सन् १८५३ मा लौराले क्याप्टेन अगस्त फ्रेडरिक टिस्टिलवेथीसँग विवाह गरिन् । उनका पति सन् १८८७ मा आफैंले आफैंलाई गल्तीले गोली हानेर बिते । लौराले दोश्रो विवाह गरिनन् । उनको तत्कालीन बेलायती प्रधानमन्त्री विलियम ग्ल्याडस्टोनसँग घनिष्ट मित्रता थियो र यो सम्बन्ध उनको मृत्युपर्यन्त कायम रह्यो ।

लाउरा बेल सन् १८२९ देखि १८९४ सम्म बाँचेकी बेलायतकी एक सुन्दरी हुन् । यिनी शुरुमा डब्लिनका घरानियाहरुको लागि वेश्यावृत्ति गर्ने गर्दथिन् । पछि लन्डनमा गई हाइड पार्क वरिपरि दुईवटा सेता घोडाले तान्ने बग्गी चलाउन थालिन् र धनाढ्यहरुलाई मनोरञ्जन दिन थालिन् । जब उनी २१ वर्षकी थिइन् तब नेपालका राणा प्रधानमन्त्री बेलायत भ्रमणमा आउँदा उनीसँग प्रेममा फसे । भनिन्छ जम्मा १९ दिनको लन्डन र तीन महिनाको बेलायत बसाईमा उनका लागि मात्र जंग बहादुरले २ लाख ५० हजार पाउण्ड खर्च गरे ।
सन् १८५३ मा लौराले क्याप्टेन अगस्त फ्रेडरिक टिस्टिलवेथीसँग विवाह गरिन् । उनका पति सन् १८८७ मा आफैंले आफैंलाई गल्तीले गोली हानेर बिते । लौराले दोश्रो विवाह गरिनन् । उनको तत्कालीन बेलायती प्रधानमन्त्री विलियम ग्ल्याडस्टोनसँग घनिष्ट मित्रता थियो र यो सम्बन्ध उनको मृत्युपर्यन्त कायम रह्यो ।

जंग बहादुरका धेरै श्रीमतीहरु थिए । उनका कम्तीमा पनि १ दर्जन छोरा र असंख्य छोरीहरु थिए । उनका थाहा पाइएका मात्र १३ वटी श्रीमतीहरु थिए । उनले कसैलाई प्रेममा फसेर र कसैलाई उच्च घरानका व्यक्तिहरुसँग सम्बन्ध गाँस्नका लागि रुीमती बनाएका थिए । उनले पराया स्त्रीलाई पनि शक्तिको आडमा हरेर स्वास्नी बनाएका थिए । उनले भारतीय राजकुमारी र एउटी कलिलीे विवाहिता बाहुन केटीलाई पनि श्रीमती बनाउन बाँकी राखेनन् । उनकी पहिली पत्नी जन्मिएको बच्चा मरेको सन्ताप सहन नसकी बितेकी थिइन् । दोश्री पत्नी जगत्जंगलाई जन्माएर बितिन् । उनकी पत्नी महारानी विष्णुकुमारी (पद्म जंग बहादुरकी आमा) पनि छोरा जन्माएर बितेकी थिइन् । उनकी अर्की पत्नी भारतीय राजकुमारी गंगा महारानीको विषयमा के भएको थियो थाहा छैन ।

उनकी मुख्य पत्नी हिरण्यगर्भ कुमारी जसलाई मैया महारानी पनि भनिन्थ्यो सँग सन् १८५३ मा विवाह भएको थियो । उनी फत्तेहजंग शाहकी बहिनी थिइन् । यिनबाट चार छोरीहरु जन्मिएका थिए र चारैवटीलाई राजपरिवारसँग (त्रैलोक्य विक्रम र धिरेन्द्र विक्रम) बिहे गराइ दिएका थिए । यिनैले पद्मजंगलाई उनकी आमाको सन् १८५७ मा मृत्युपछि पालनपोषण गरेकी थिइन् । यसै पछि लगत्तै जंग बहादुर लखनउ गएका थिए ।
त्यसपछि प्रसाद सिंह बस्नेतकी छोरी सिद्धि गजेन्द्र लक्ष्मी जंग बहादुरकी प्रेमिका बन्न पुगिन् तर उनले अर्केसँग विवाह गरिन् । पछि जंग बहादुर शक्तिशाली बनेपछि गजेन्द्र लक्ष्मीलाई जबरजस्ती दासी बनाएर दरबार हुलेका थिए । आफूलाई सन् १८५६ मा राजा सुरेन्द्रबाट कास्की र लमजुङका महाराजा घोषणा गराए पछि सिद्धिको मान अन्तरी महारानी भनेर बढाइयो । सिद्धिबाट रणवीर जंग जन्मिएका थिए ।
जंग बहादुरले सन् १८५५ मै रन शेरे शाहकी छोरीसँग (हिरण्यगर्भकी भतिजी) सँग विवाह गरेका थिए । उनलाई इतिहासमा राम्री महारानी भनेर लेखिएको छ । उनकी अर्की पत्नी थिइन् मिश्री महारानी । मिश्रीबाट डम्बर जंगको जन्म भएको थियो ।

सन् १८७७ मा जंग बहादुर तराइतिर शिकारका लागि जान तयारी गर्दै थिए । उनले आफूसँग तीन वटी पाका र दुई वटी तरुनी श्रीमतीहरु लिएर जाने शुरमा तिनलाई अह्राइ सकेका थिए । भनिन्छ उनलाई सेतो बाघ भेट्ने र शिकार गर्ने धुन चढेको थियो । तर लेखिएको अर्के थियो ।
वि.सं.१९३३ फागुन १३ (२५ फेब्रुअरी १८७७) गते गोविन्द द्वादशीका दिन जंगबहादुर सबैरै उठे, पूजापाठ सकेर केही दान पनि गरे । एक्कासी दिशा लाग्यो, अनि फेरी जाडो लाग्न थाल्यो । बाहिर आएर घाममा बसे । गर्मी भो फेरी भित्र गए । कहिले जाडो र कहिले गर्मी हुने गरेपछि उनी भित्रबाहिर गरिरहे । आँखा अगिल्तिर विस्तारै बादल लाग्न थाल्यो । भतिजा अम्बर जंगलाई पनि चिनेनन् । हत्त न पत्त वैद्यराज कृष्णगोविन्द आए । नारी छामे । नारी हराउँदै गइरहेको थियो । वैद्यले मुन्टो हललाउँदै ओठ लेब्र्याए । मैया महारानीले तागत बढाउन अष्टमण्डप तयार गरी चम्चाले जंग बहादुरको मुखसम्म लगिन् । उनका दाँत बाँधिइ सकेका थिए । एक्कासी जंग बहादुर नराम्ररी कामे अनि बिट्यौनाबाट तल लडे । पाल्कीको व्यवस्था गरी तुरुन्त उनलाई बागमती पारी पत्थरघट्टा लगियो । बाटोमा रगत वमन पनि गरे । राइफल पल्टनका क्षेत्रीहरुले उनलाई बोकेर बागमतीका किनारमा लगे । आधारातमा उनले केही बोले, तर बुझिएन । त्यसपछि उनको प्राण पखेरु उडेर गयो ।
उनको मृत्युपछि हिरण्यगर्भ, अन्तरी महारानी र राम्री महारानी सती गए । दुई जना तरुनी श्रीमतीहरुलाई सती जान हिरण्यगर्भले रोकिन् ।

 

Share:

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn
Rajan Aryal

Rajan Aryal

This is my personal site.I have been providing Professional Custom Website Development, Web Hosting, Domain Registration.

Read My Blog

Leave a Replay

About Us

हाम्रो Youtube Channel Subscribe गर्नुहोला |

Awesome U R

Follow Us

Find Us

error: Content is protected !!