24/7 Customer Support

रोचक संसार

प्रस्तुत सामाग्रीहरु को बिस्त्रित बिवरणहरु भिडियो मार्फत प्रस्तुत गरेका छौ , पढेर , हेरेर प्रतिकृया दिनुहोला .

१४५ बर्ष पुरानो नेपाल देखि बर्तमान नेपाल | Ancient Nepal | old kathmandu pic | old nepal pictures

नेपालको पूर्वी सीमाना मेची नदी देखि पश्चिमी सीमाना महाकाली नदीसम्मको औसत लम्बाइ ८८५ कि.मि. छ। उत्तरदेखि दक्षिणको चौडाइ भने एकनासको छैन। पूर्वी भागभन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्यूनतम चौडाई १४५ कि.मि. रहेको छ। यसर्थ नेपालको औसत चौडाइ १९३ कि.मि. रहेको छ।

नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका लगभग ८१% नागरिक हिन्दू धर्मावलम्बी छन्; यस अर्थमा नेपाल विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी भएको राष्ट्र पनि हो। यसबाहेक बौद्ध, इस्लाम, किराँत आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन्। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँटदेखि चिसा हिमालयका शृङ्खला अवस्थित छन्। संसारका सबैभन्दा उच्च १४ हिमशृङ्खलाहरू मध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको प्रमुख सहर र राजधानी काठमाडौँ हो। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लारूलाई काठमाडौँ उपत्यका भनेर चिनिन्छ। अन्य प्रमुख सहरहरूमा पोखरा, विराटनगर, भरतपुर, वीरगञ्ज, जनकपुर, भैरहवा, नेपालगञ्ज आदी पर्दछन् ।

Share:

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn
Rajan Aryal

Rajan Aryal

This is my personal site.I have been providing Professional Custom Website Development, Web Hosting, Domain Registration.

Read My Blog

Leave a Replay

About Us

हाम्रो Youtube Channel Subscribe गर्नुहोला |

Awesome U R

Follow Us

Find Us

error: Content is protected !!