24/7 Customer Support

रोचक संसार

प्रस्तुत सामाग्रीहरु को बिस्त्रित बिवरणहरु भिडियो मार्फत प्रस्तुत गरेका छौ , पढेर , हेरेर प्रतिकृया दिनुहोला .

नेपालमा १०३ बर्ष अघि बनेको एसियाकै पुरानो सुरुङ मार्ग || चन्द्र शमशेर Asia First Churiya Tunnel

धेरै लाई पत्यार नलाग्न सक्छ तर नेपाल मा एसियाकै पुरानो सुरुङ्ग रहेको छ | आजभन्दा १०३  वर्ष पहिले नै नेपालमा सुरुङमार्ग थियो र त्यसमा बकाइदा गाडी चल्थ्यो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ | जब विश्वका धेरै देश हरु पहिलो विश्व युद्द लडी रहेको थियो तेतिबेला नेपाल भने एतिहासिक मानवनिर्मित सुरुङ्ग मार्ग खन्दै थियो |

हामीले अघिलो भिडियो मा श्री ३ चन्द्र सम्शेरको चर्चा गरेका थियौ | उक्त भिडियो मा हामीले चन्द्र शम्शेर कार्यकालमा बनेको चुरिया सुरुङ्गको बारेमा छोटकारीमा चर्चा गरेका थियौ | आज नेपालकै पहिलो तथा  दक्षिण  एसियाकै पहिलो मानव निर्मित सुरुङ को चर्चा गर्ने छौ | चुरियामाई मन्दिरछेउको सुरुङ सम्भवत एसियाकै पहिलो मानव निर्मित सुरुङ भएको भूगर्भविद् टोनी हागनले आफ्नो पुस्तक ‘नेपालः द किङ्डम इन द हिमालय’ मा उल्लेख गरेका छन् ।

चुरिया सुरुङ पहाड को भित्र हुँदै मकवानपुर र बारा जोड्ने सुरुङ मार्ग हो। यस्को लम्बाइ ५०० मी रहेको थियो | ९ फिट चौंडा र १० फिट उचाइ रहेको थियो । यो सुरुङ सिभिल इन्जिनियर डिल्लीजंग थापाले वि.सं. १९७४/७५ तिर डिजाइन गरेका हुन् ।  पहाड नै खोपेर बनाइएको सुरुङको फिनिसिङ चुनासुर्की लगाएर गरिएको छ । त्यतिबेला सिमेन्ट प्रयोगमा थिएन । सुरुङमार्गको सडकतर्फ भित्तामा लहरैसँग ढुंगाहरु राखिएका छन्, खोपाहरु कुँदिएका छन् ।

आफ्नो २८ वर्षे शासनकालमा चन्द्रशमशेरले थुप्रै विकास निर्माणका काम गरेका थिए । त्यो काममध्येको महत्वपूर्ण काम थियो अमलेखगञ्जदेखि भीमफेदीसम्मको मोटरबाटो । बाराको अमलेखगञ्जदेखि मकवानपुरको भीमफेदिसम्म त्यतिखेर निर्माण भएको ग्राभेल सडक जोड्न सुरुङ खनिएको थियो । लहरी (एकप्रकारको मालबाहक सवारी साधन) छिर्ने आकारमा यसको निर्माण भएको छ । काठमाडौंको लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउनु यसको उद्देश्य थियो ।

विसं १९७5 मा पाँचौँ राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौँडा छिचोल्न सुरुङ खनिएपछि मकवानपुरका स्थानीयवासीले “हाम्रा राजा क्या अक्कलधारी ल्याए मोटर चुरेलाई भ्वाङ पारी” गीत बनाएका थिए ।

भीमफेदीबाट काठमाडौं आवत—जावत गर्न निर्मित उक्त सुरुङले त्यति बेला नेपालीहरूको जनजीवनलाई निकै सहज बनाएको थियो । ‘त्यति बेला यो सुरुङ नभएको भए भीमफेदीसम्म साना र हलुका सवारी साधनहरू आवत–जावत नै गर्न सक्ने थिएनन्,’

 

यसलाई टोनी हेगनले आफ्नो पुस्तक ‘नेपाल’मा एसियाकै पहिलो सुरुङ भएको उल्लेख गरेका छन् । यही सुरुङ भएर विश्वविख्यात भूगर्भविद् डा. टोनी हेगेन आफ्नो साना गाडी छिराएर भीमफेदीसम्म आइपुगेका थिए । भीमफेदीबाट उनको गाडी पनि बोकेर काठमाडौं लगिएको थियो ।’

तत्कालीन समयमा एशियाका विशाल र शक्तिशाली भनिएका देशले बनाउन नसकेको सुरुङमार्ग नेपाली प्राविधिक र कामदारसमेत नेपालीलाई नै सहभागी गराएर निर्माण हुनु आफैँमा गौरवपूर्ण ईतिहास हो |

 

टोनी हेगन

राणा शासकको आग्रह बमोजिम स्वीस सरकारले पठाएको अगुवा टोलीको सदस्यका रूपमा सन् १९५० मा पहिलो पटक नेपाल आएका भूगर्भविद् डा.टोनी हागनले करीब एक दशक यहाँका विभिन्न ठाउँ पैदल चहारे । त्यही यात्रापछि हागनले सन् १९६१ मा सचित्र पुस्तक ‘नेपालः द किङ्डम इन द हिमालय’ (नेपालीमा ‘नेपालको चिनारी’, २०५८) प्रकाशन गरी नेपाललाई विश्वमा परिचित गराए । उनले सो पुस्तकमा नेपालको पहिलो सुरुङ अर्थात् चुरिया पहाड मुनिको सुरुङबारे चर्चा गरेका छन् ।

टोनी हेगन २४ अक्टोबर १९५० का दिन रक्सौल नाका हुँदै वीरगन्ज अमलेखगन्जसम्म सानो रेलमा आएका थिए । अमलेखगन्जबाट सानो जिपमा भीमफेदी आउने क्रममा देखेको मानव निर्मित सुरुङले आफू आठौं आश्चर्यमा परेको उनले पुस्तकमा उल्लेख गरेका छन् ।

उनले यसलाई एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुनसक्ने बताएका छन् । उनले भारतमा पनि त्यस्तो सुरुङ नबनेको अवस्थामा नेपालमा यस्तो सुरुङमार्ग देख्दा आफू अचम्भित र खुसी भएको कुरा पुस्तकमा उल्लेख गरेका छन् ।

त्यस समय भारतबाट बाराको अमलेखगञ्जसम्म रेल आउँथ्यो भने अमलेखगञ्जदेखि मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो । भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नभए पनि साना गाडी बोकाएरै काठमाडौँ पु¥याइन्थ्यो । अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्च बढी हुने भएपछि सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो ।

उक्त सडक निर्माण गर्दा चुरिया पहाड छिचोल्न चीफ इन्जिनियर थापाका सामु तीन विकल्प आएछन् । एउटा विकल्प– सडक नागबेली घुमाउँदै चुरेको शिरमा पुगेर तल झर्ने, अर्को– चुरे पहाड काट्ने र तेस्रो विकल्प सुरुङ खन्ने । इन्जिनियर थापाले त्यही तेस्रो चुनौती रोजे । इञ्जिनीयर थापाले विदेशबाट महङ्गा उपकरण झिकाएर चुरेको पहाड काटेर फाल्नुभन्दा नेपाली श्रमिक र नेपाली उत्पादनकै प्रयोग गरेर सुरुङ निर्माण गर्नु उपयुक्त र सस्तोसमेत हुने ठानेर सुरुङ निर्माण गरेको बताइएको छ।

इञ्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उनलाई सपनामा देवीले म बसेको ठाउँमा बाटो खनिस त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर भनेका कारण थापाले मन्दिर बनाएको किम्बदन्ती पाइन्छ।

प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसै क्रममा यो सुरुङमार्गको बीच खण्डमा विष्फोट गराएर भत्काइयो र त्यसैमाथि सडक बनाइयो । त्रिभुवन राजपथको सञ्चालनपछि विसं २०१८ देखि सुरुङमार्गको प्रयोग हुन छोडेको thiyo .बाइरोडको विस्तार पछि सुरुङमार्गको प्रयोग नभए पनि ०४५ सालसम्म  पैदल आवतजावत गर्न मिल्नेगरी दुवैतर्फ प्वाल थियो ।

 

विसं ०४५ को भूकम्पपछि भने, मन्दिर नजिकैको सुरुङमार्गको केही भाग भने अझै सग्लो अवस्थामा नै छ । सडक पारीको अर्को भागलाई भने कंक्रिटको घर बनाएर बन्द गरिएको छ ।

त्यसपछि भने गोठालाको ओत लाग्ने ठाउँका रुपमा र चुरियामाईको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको घुमफिर गर्ने स्थानका रुपमा मात्र रहेको सुरुङमार्गलाई २०७२ सालको भूकम्पले थप क्षतिग्रस्त बनायो । जीर्ण अवस्थामा रहेको यो  सुरूङ हाल प्रयोगमा छैन । पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरेर त्यहाँ छिर्न तथा अवलोकन गर्न निषेध गरेको छ ।

 

 

 

Share:

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn
Rajan Aryal

Rajan Aryal

This is my personal site.I have been providing Professional Custom Website Development, Web Hosting, Domain Registration.

Read My Blog

Leave a Replay

About Us

हाम्रो Youtube Channel Subscribe गर्नुहोला |

Awesome U R

Follow Us

Find Us

error: Content is protected !!