24/7 Customer Support

रोचक संसार

प्रस्तुत सामाग्रीहरु को बिस्त्रित बिवरणहरु भिडियो मार्फत प्रस्तुत गरेका छौ , पढेर , हेरेर प्रतिकृया दिनुहोला .

एसियाकै भब्य सिंहदरबार कसरी बन्यो || कसले बनायो || कति खर्च लाग्यो || Singh Durbar चन्द्र समशेर

सिंहदरबार नेपालका प्रधानमन्त्रीको कार्यालय , रेडियो नेपाल , नेपाल टेलिभिजन तथा अन्य सरकारी कार्यालयहरू भएको परिसर हो। यो काठमाडौंको मध्य भागमा अवस्थित छ। यहाँ नेपालका सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालयहरू रहेका छन्। फ्रान्सको भर्सेलेज दरबारबाट प्रभावित भएर यो दरबारको निर्माण चन्द्र शमशेरले गर्न लगाएका हुन् ।

 

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा इ.सं. १९०३ मा बनाउन लगाएका थिए। यसको निर्माण कार्य सुरू भएको एक वर्ष भित्र नै पूरा भएको थियो। निर्माण पूरा हुँदा यसमा १,७०० वटा कोठाहरू थिए जुन त्यस बेलाको एसिया भरिको सबैभन्दा ठूलो दरवार थियो। यसको निर्माणमा त्यस बेलाको पच्चीस लाख रूपैयाँ खर्च भएको थियो।

सिंहदरबार निमार्ण भइसकेपछि एक दिन चन्द्र शमशेरले आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीलाई साथमा लिएर दरबारको कौसीमा पुगे। त्यहाँबाट बाघदरबार देखियो। चन्द्र शमशेरले भने, ‘ऊ बाघदरबार’ भन्दै हातले औल्याएर बालकुमारी देवीलाई देखाए। बालकुमारी देवीले, ‘महाराज, त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला?’ भनिन्। उनको प्रस्ताव चन्द्र शमशेरलाई उचित लाग्यो र नवनिर्मित दरबारको नाम ‘सिंहदरबार’ राखियो।

सिंहदरबार निमार्ण कार्य सम्पन्न भएपछि चन्द्र शमशेरले एकदिन ‘भारदारी सभा’ गठन गरी सबै समक्ष प्रस्ताव राख्दै भने कि-आज उप्रान्त श्री ३ महाराज, प्रधानमन्त्री जो हुन्छ, उनी यसै दरबारमा बस्नेछन्। तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजै बेचिदिएँ। त्यस निर्माणका लागि उनले प्रति रोपनी ९० रूपैयाँका दरले ३५० रोपनी जमिन सिंहदरबारका लागि खरिद गरे। निर्माण कार्य सुरू भयो। सुरूमा चन्द्र शमशेरले आफू बस्न लायकको ठिक्कको दरबार बनाउन चाहेका थिए। तर, बनाउँदा बनाउँदै भव्य दरबार निर्माण गराए। जेजत्रो दरबार बने पनि खर्च चाहिँ तत्काल ५० लाख रुपैयाँभन्दा बढी चन्द्र शमशेरको त्यस दरबारको निर्माणमा खर्च भएन किनकि त्यसमा प्रयोग भएका सम्पूर्ण काठ माठमाडौं नजिकको ‘छरिया’ जंगलबाट कटानी गरियो र ढुवानीको काम पनि बेगारीद्वारा गराउँदथे, जसलाई पेटभरि ढिडो र नुन खर्चमात्र दिनु पर्दथ्यो। सिकर्मी, डकर्मीको काम पनि सेना, प्रहरी, पिपा, तथा कैदीहरुद्वारा गराउँथे। ज्यालामा जसलाई काम लगाइयो। तिनलाई पनि दैनिक चार पैसादेखि छ पैसा भन्दा बढी दिइएको थिएन। बीचबीचमा राँगो खानेलाई राँगो, खसी खानेलाई खसी काटेर भोज भने अवश्य खुवाउने गरिन्थ्यो। चन्द्र शमशमशेरको लागेको खर्च भनेकै किला, काँटा रेलिङ, पाइप, फलाम आदिमा भयो जुन सोझै भारतबाट किन्नुपर्थ्यो। ती सम्पूर्ण सामानको भन्सार पनि उनलाई तिर्नु पर्दैनथ्यो। ‘झलारी’ द्वारा ढुवानी गराउँदथे जसलाई बेगारीलाई झैं पेटभरि ढिडो र नुन खर्चमा दिनुपर्दथ्यो। त्यसकारण सिंहदरबारको निमार्णमा चन्द्रशमशेरको जम्मा ५० लाख रूपियाँभन्दा बढी पैसा खर्च भएको छैन, भनेर त्यतिबेलाका बुढापाका भन्ने गर्दथे। चन्द्र शमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गरी राष्ट्रको ढुकुटीबाट २ करोड रूपैयाँ झिके। यसरी चन्द्र शमशेरलाई सिंहदरबार निर्माण गरी बिक्री गर्दा डेढ करोड नाफा भयो।

जंगबहादुरले वि.स. १९२५ मा भाइ, छोरा, भतिजा, भारदार जंगी, निजामती, गुरु, पुरोहित, सन्त, महन्त, साहस–महाजन, शिक्षक, भलाद्मी, रैती, दुनियाँ सकललाई जम्मा गराउनका लागि ठाउँ ठाउँमा सूचना टाँस गरे, इस्तिहार जारी गरे, ढ्याङ्ग्रो पिटाए र टुँडिखेलको त्यो ऐतिहासिक खरीको रुखको चौतारामुनि ठूलो भेला गराए। उक्त जनभेलालाई सम्बोधन गर्दै जंगबहादुरले भनेका थिए, ‘देशमा संकटकालीन अवस्था आई परेमा, दैवी प्रकोप परेमा मात्र राष्ट्रको ढुकुटीको प्रयोग गर्नु अन्यथा नगर्नू, बरु पछि हुने शासकले यस ढुकुटीमा थप गर्दै जानू। मैले आजका मितिमा यो ढुकुटीमा जम्मा ११ करोड रूपैयाँ राखिदिएको छु भन्दै सार्वजनिक घोषणा गरे।[१] त्यतिबेला त्यो ढुकुटीलाई (कौसी तोखाखाना) भनिन्थ्यो। त्यसै कौसी तोखाखानाबाट चन्द्र शमशेरले २ करोड रुपैयाँ झिकेका थिए। चन्द्र शमशेरको २९ वर्षे शासनकालमा २८ वर्ष सिंहदरबारमै बित्यो र वि.स. १९८६ मंसिर ३० गते सोमबार उनको मृत्यु सिंहदरबारमै भयो। त्यसपछि भीम शमशेर प्रधानमन्त्री भएर उनी टंगाल दरबारबाट सिंहदरबारमा सरे। वि.स. १९८९ भाद्र ११ गते भीम शमशेरको पनि सिंहदरबारमै मृत्यु भएपछि जुद्ध शमशेर प्रधानमन्त्री भएर पाटन, जाउलाखेल दरबारबाट सिंहदरबार सरे।

Share:

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn
Rajan Aryal

Rajan Aryal

This is my personal site.I have been providing Professional Custom Website Development, Web Hosting, Domain Registration.

Read My Blog

Leave a Replay

About Us

हाम्रो Youtube Channel Subscribe गर्नुहोला |

Awesome U R

Follow Us

Find Us

error: Content is protected !!