24/7 Customer Support

रोचक संसार

प्रस्तुत सामाग्रीहरु को बिस्त्रित बिवरणहरु भिडियो मार्फत प्रस्तुत गरेका छौ , पढेर , हेरेर प्रतिकृया दिनुहोला .

इतिहास • प्रजातन्त्र दिवस किन मनाइन्छ || राणा शासन को उदय अनि पतन • नेपाली काङ्ग्रेस • राजा त्रिभुवन

२००७ सालको क्रान्ति लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा नेपाल प्रजा परिषद् नेपाली कांग्रेस पार्टीहरूले भाग लिएका थिए। नेपाली कांग्रेसको नेतृत्त्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा बडाहाकिमहरूले आत्मसमर्पण गर्दै आए। ती ती ठाउँमा जनताको सरकार स्थापना हुँदै आयो र अन्त्यमा तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको संयोजकत्त्वमा नयाँदिल्लीमा राणा, कांग्रेस र राजा बीच त्रिपक्षीय सम्झौता भएपछि कांग्रेसले आन्दोलन रोकेको थियो । लामो समयदेखि आफ्नो परिवार सहित भारत गएका राजा त्रिभुवन २००७ फागुन ६ गते नेपाल आए र ७ गते प्रजातन्त्रको घोषणा गरियो ।

शहिद हरुको सम्झना मा हामी शहिद दिवस हामी मनाइ रहदा यस्तै गौरवमय जनताले स्वतन्त्रता पाएको प्रजातन्त्र दिवस भने धेरैले बिर्सदै गएका छन | राज्य ब्यवस्थाले नागरीकहरुबिच कुनैपनि दृष्टिमा भेदभाव गर्न हुँदैन भन्ने प्रजातन्त्रको प्रथम आधार हो, स्वतन्त्र वि चरण अनि फरक मतको सम्मान लगायतका अभिब्यक्ति स्वतन्त्रता नै प्रजातन्त्रको स्तम्भहरु हुन् । प्रजातन्त्रमा नागरीकहरु स्वंयमले चुनेर पठाएका ब्यत्तिहरुले शासनव्यवस्था संचालन गर्ने गर्दछन्, यसअर्थमा जनताद्वारा जनताका लागि गरिने हितकारी शासन अभ्यासलाई प्रजातन्त्र भनेर बुझ्न सकिन्छ । २००७ साल फागुन ७ गतेका दिन १०४ बर्षीय जाहानीया निरङ्कुश राणा शाशकको अन्त्य संगै नेपालमा प्रजातन्त्रको उदय भयो । राजा त्रिभूवनले फेरी राजगद्धि सम्हाले । नेपाली जनतालाई शिक्षा, दिक्षा, गास,बास र कपासको ब्यवस्था लगाएत वाक स्वतन्त्रता सबैलाई बराबरी हुने छन यस्तै कुराको सेरो फेरोमा घुमेको छ प्रजातन्त्र | अन्तमा प्रजातन्त दिवस मनाउने नमनाउने सपै लाई शुभकामना | धन्यवाद |

Share:

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn
Rajan Aryal

Rajan Aryal

This is my personal site.I have been providing Professional Custom Website Development, Web Hosting, Domain Registration.

Read My Blog

Leave a Replay

About Us

हाम्रो Youtube Channel Subscribe गर्नुहोला |

Awesome U R

Follow Us

Find Us

error: Content is protected !!